Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

गाउँघरबाट हराउँदै रोटे पिङ

गाउँघरबाट हराउँदै रोटे पिङ

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८३
गाउँघरबाट हराउँदै रोटे पिङ
images

ताप्लेजुङ। ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने क्रममा पुगेका छन् ।

पहिले गाउँ–गाउँमा बनाइने चर्खे पिङ (काठे पिङ) आजभोलि विरलै देखिन्छ । दशैं तिहारको समयमा कम्तीमा एक दिन भुइँ छाड्नुपर्छ भन्ने परम्परा थियो, जसका कारण पिङ खेल्न सबै उमेरका मानिस भेला हुनेगर्दथ्यो । पिङ खेल मात्र नभई भेटघाट, शुभकामना आदान–प्रदान गर्ने स्थल पनि मानिन्थ्यो । तर अहिले मेलामहोत्सवमा बिजुलीबाट चल्ने ठूला पिङ देखिन थालेपछि स्थानीय स्तरमै तयार हुने काठे पिङको परम्परा ओझेलमा परेको छ ।
 
ठूलो–ठूलो काठ चाहिने र सजिलै नपाइने भएकाले पनि रोटे पिङ बनाउने चलन घटेको छ । ताप्लेजुङ, पाँचथर लगायत गाउँहरूमा केही वर्षअघि दशैं–तिहारमा लिङ्गे पिङ र रोटे पिङ लगाउने परम्परा जीवित थियो । अहिले भने थोरै ठाउँमा मात्रै पिङ देख्न सकिन्छ । पिङ नबन्दा गाउँमा सामूहिक जमघट घटेको छ ।
 
वृद्ध–वृद्धा, युवा र बालबालिका एउटै मैदानमा भेला भई रमाउने अवसर कम हुँदै गएको छ । नयाँ पुस्तामा रोटे पिङ र लिङ्गे पिङप्रति आकर्षण घटेको देखिन्छ, जसले यस परम्परा लोप हुने चिन्ता बढाएको छ ।‘

images
प्रकाशित मिति :कार्तिक १५, २०८३ शनिवार - १७:३९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology