Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अनुगमन

खाद्य विभागद्वारा मुग्लिन बजारका होटलहरुको अनुगमन

खाद्य विभागद्वारा मुग्लिन बजारका होटलहरुको अनुगमन

images

इच्छाकामना न्युज

९, आश्विन २०७९
खाद्य विभागद्वारा मुग्लिन बजारका होटलहरुको अनुगमन
images

मुग्लिन । चाडपर्वलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाण्डौका खाद्य निरीक्षक टोलीले चितवनको इच्छाकामना गाउँपालिका-५, मुग्लिनमा रहेका होटल तथा रेस्टुरेन्टहरूको अनुगमन गरी खाद्य पदार्थको गुणस्तर कायम राख्न निर्देशन दिएको छ ।

शनिबार साँझ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाण्डौका खाद्य निरीक्षक टोली तथा इच्छाकामना होटल व्यवसायी सङ्घले मुग्लिनका करिब २५ होटल तथा रेस्टुरेन्ट अनुगमन गरेका हुन्।

अनुगमनको क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाण्डौका खाद्य निरीक्षक टोलीले सडक छेउछाउमा खुल्ला रुपमा खाना बनाउदा खाध स्वच्छता कायम नहुने हुँदा त्यसरी सडक छेउछाउमा खाना बनाएर बेच्न रोक्न निर्देशन दिएका थिए।

अनुगमनका क्रममा केही मिठाई पसलको किचनमा कैफियत देखेको हुँदा सरसफाईमा सुधार गर्न तथा दर्ता बिना संचालित ब्यवसाय तुरुन्त दर्ता गर्न निर्देशन दिएका थिए।तोकिएको समयभित्र ब्यवसाय दर्ता नगरे एवं किचन सुधार नआए खाद्य पदार्थको उत्पादनमा रोक लगाउने एवम् ब्यबसाय नै बन्द गरिदिने खाद्य प्रविधिले चेतावनी दिएको छ ।

अनुगमन टोलीले होटल व्यवसायीहरुलाई खाद्य स्वच्छता कायम गर्न खाद्य स्वच्छताका ५ सन्देशहरु पालन गर्न निर्देशन दिदै होटलमा सो सम्बन्धी स्टिकरपनि टाँसेका थिए।

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०८:४१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology