मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा चण्डिभञ्ज्याङ्ग सामाजिक महिला उद्यमी सहकारी संस्थाको अध्यक्षमा पुनः रश्मी गुरुङ चयन भएको छ। संस्थाको आज सम्पन्न सातौं साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः रश्मी गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनले समितिको उपाध्यक्षमा डिलकुमारी गुरुङ, सचिवमा बिरुमाया गुरुङ, कोषाध्यक्षमा मोनिका चेपाङ लगायतलाई चयन गरेको छ।

संस्थाका अध्यक्ष रश्मी गुरुङको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवाल र र दियालो परिवार नारायणगढका राजगोबिन्द सिल्पाकर रहेका थिए।
