आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएको घरेलु बाँसद्वारा निर्मित डस्टविन प्रदर्शनी गरेको छ। गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिए बमोजिम “स्थानीय स्रोत, साधन र सीपको पहिचान गरि त्यसलाई लघुउद्यमको रुपमा स्थापित र प्रवर्द्धन गर्नको लागि गाउँपालिकाले घरेलु बाँसद्वारा निर्मित डस्टविन प्रदर्शनी गरेको हो।

प्रदर्शनीमा गाउँपालिकाका विभिन्न २० जना समूह तथा घरेलु व्यवसायीहरुले आफ्नो शीप प्रदर्शन गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । प्रर्दशनीमा उत्कृष्ट शीप प्रदर्शन गर्ने आँबुखैरेनी १ का रेशम भुजेललाई सर्वोत्कृष्ट र ६ का सिर बहादुर भुजेललाई उत्कृष्ट घोषणा गरिएको उनले बताए ।

यस्तै प्रदर्शनीमा सर्वोत्कृष्ट र उत्कृष्ट भएका स्थानीय उद्यमीको उक्त शीप प्रयोग गरि घरेलु बाँसद्वारा डष्टबिन निर्माण गर्न लगाई उनीहरुले उत्पादन गरेका ती सामाग्रीहरु पहिलो चरणमा गाउँपालिकाले नै खरिद गरेर प्रयोगमा ल्याउने र दोस्रो चरणमा छिमेकी गाउँपालिकाहरु र अन्य शहरहरुमा पनि बिक्रि वितरणका लागि प्रवद्र्धन गर्ने गाउँपालिका अध्यक्ष चुमानले बताए।
