Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा विषादी छरेर ५५ घार मौरी मार्ने युवा पक्राउ

चितवनमा विषादी छरेर ५५ घार मौरी मार्ने युवा पक्राउ

इच्छाकामना न्युज

१२, भाद्र २०७९
चितवनमा विषादी छरेर ५५ घार मौरी मार्ने युवा पक्राउ
images

चितवन । चितवनमा विषादी छरेर मौरी मारेको आरोपमा एक जना पक्राउ परेका छन् ।

images
images

पक्राउ पर्नेमा कालिका नगरपालिका–९ शक्तिखोरमा बस्ने २३ वर्षीय दीपेन्द्र थापा रहेका छन् । केहीदिन अघि रत्ननगर नगरपालिका–१६ बुद्ध टोलस्थित प्रभा केसी थापाले संचालन गरेको पशुपन्छी तथा मौरी फर्मको मौरीघारमा विषादी छरेर ५५ घार मौरी मारेको थियो ।

प्रहरीले अनुसन्धान गर्दैजाँदा फर्म संचालिका प्रभाको कान्छो ससुराको छोरा देवर नाता पर्ने दीपेन्द्र थापाले विषादी छरेर मौरी मारेको खुलेको थियो । उनलाई इलाका प्रहरी कार्यालय टाँडी रत्ननगरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - २१:५६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology