Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आजदेखि आँबुखैरेनीमा टोलटालमै व्यवसाय नविकरण, दर्ता तथा कर संकलन अभियान सुरु

आजदेखि आँबुखैरेनीमा टोलटालमै व्यवसाय नविकरण, दर्ता तथा कर संकलन अभियान सुरु

पहिलो दिन १७ व्यवसाय दर्ता, २२ नवीकरण, ५४ जनाले भूमि तथा मालपोत कर तिरे

images

इच्छाकामना न्युज

२९, श्रावण २०७९
आजदेखि आँबुखैरेनीमा टोलटालमै व्यवसाय नविकरण, दर्ता तथा कर संकलन अभियान सुरु
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले टोलमै पुगेर व्यवसाय दर्ता, नवीकरण र कर सङ्कलन सुरु गरेको छ । गाउँपालिकाले सर्वसाधारणको सहजताका लागि आइतबारदेखि टोलमै पुगेर दर्ता, नवीकरण र कर सङ्कलन सुरुआत गरेको हो ।

आँबुखैरेनी गाउँपालिका–३ मनकामना चोकमा आयोजित शिविरमा १७ जनाले व्यवसाय दर्ता गराएको राजश्व शाखा प्रमुख निरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार २२ जनाले व्यवसाय नवीकरण गरेका छन् भने ५४ जनाले भूमिकर तथा मालपोत कर तिरेका छन् । शिविरको पहिलो दिन रु एक लाख ५५ हजार राजश्व सङ्कलन भएको उनले बताए ।

गाउँपालिकालाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यसहित टोलमै पुगेर यो अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । सबै वडामा यो अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । भोलि आँबुखैरेनी गाउँपालिका–३ कै डाँडाटोलमा शिविर सञ्चालन गरिनेछ ।

शिविरका क्रममा व्यवसाय दर्ता नवीकरणमा २० प्रतिशत छुट दिइएको छ । त्यस्तै हालसम्मको जरीवाना रकम पनि छुट गरिने बताइएको छ ।

व्यवसाय दर्ता गर्दा महिला, दलित र अपाङ्गताको हकमा ५० प्रतिशत छुट सुविधा दिइनेछ । शिविरमा आवश्यक पर्ने निवेदन, नवीकरण निवेदन, बहाल सम्झौता, मुचुल्का र फोटोकपी सुविधा पनि गाउँपालिकाले उपलब्ध गराएको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०७९ आइतवार - २०:०३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology