Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बैँकिङ कसुर सम्बन्धी उजुरी बढ्दै 

बैँकिङ कसुर सम्बन्धी उजुरी बढ्दै 

इच्छाकामना न्युज

२३, श्रावण २०७९
बैँकिङ कसुर सम्बन्धी उजुरी बढ्दै 
images

काठमाण्डौ । पछिल्लो केही वर्ष यता बैँकिङ कसुर सम्बन्धी उजुरी बढ्दै गएको नेपाल प्रहरीले जनाएको छ । केही वर्ष अघि सयको सङ्ख्यामा उजुुरी आउने गरे पनि पछिल्लो केही वर्ष यस्तो उजुरीको सङ्ख्या हजारमा पुगेको छ ।

images
images

नेपाल प्रहरीका अुनसार आर्थिक वर्ष २०७४/०७५ मा ७ सय ७६ वटा बँैकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । तर पाँच वर्षपछि अर्थात आर्थिक वर्ष २०७८/०७९ मा मात्रै ४ हजार ५ सय ७६ बैँकिङ कसुर सम्बन्धी उजुरी प्रहरीकोमा दर्ता भएको छ ।

यसरी दर्ता हुने उजुरीमध्ये ८० प्रतिशतभन्दा बढी चेक बाउन्सको हुने गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले सीआईएनलाई जानकारी दिनुभयो ।

यसैबीच चेक बाउन्सको मुद्दा अब बैँकिङ कसुर अन्तर्गत पर्ने भएको छ । चेक बाउन्सको मुद्दा बैँकिङ कसुर अन्र्तगत नपर्ने भनी ३ वर्ष अघि गरेको फैसलालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सच्याएपछि चेक बाउन्सको मुद्दा बँैकिङ कसुर अन्र्तगत पर्ने भएको हो ।

images
प्रकाशित मिति :श्रावण २३, २०७९ सोमवार - ०९:३१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology