Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामना केवलकार

मनकामना केवलकारको सेवा साउन २३ गतेदेखि ६ हप्ता बन्द हुने

मनकामना केवलकारको सेवा साउन २३ गतेदेखि ६ हप्ता बन्द हुने

इच्छाकामना न्युज

१७, श्रावण २०७९
मनकामना केवलकारको सेवा साउन २३ गतेदेखि ६ हप्ता बन्द हुने
images

चेरेस । नेपालकै पहिलो केवलकार मनकामना केवलकारको सेवा साउन २३ गतेदेखि बन्द हुने भएको छ । थप आधुनिक प्रविधि जडान गरि केवलकारलाई अपग्रेड गर्नका लागिरहेको हुदाँ केवलकारको सेवा बन्द गर्न लागिएको हो।

images
images

केवलकारको सेवा करिब ५ देखि ६ हप्ताका लागि सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । केवलकारलाइ एनालग प्रविधिबाट डिजिटल प्रविधिमा स्तरोन्नती गर्नका लागि केवलकार सेवा बन्द गर्न लागिएको मनकामना केबलकारका  स्टेशन म्यानेजर उज्जल शेरचनले बताउनु भयो।

स्तरोन्नतीका लागि अष्ट्रियाको डोप्पेलमायर कम्पनीबाट प्राविधिकहरु आइसकेको र काम नसकिएसम्म सेवा बन्द रहने उहाँले बताउनु भयो ।

297319517_1463523010762297_2072490590972388275_n.jpg

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - १९:५३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology