Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आर्थिक वर्ष २०७७।०७८ को बेरुजु १ करोड ८४ लाख मात्रै हो : गण्डकी गाउँपालिका 

आर्थिक वर्ष २०७७।०७८ को बेरुजु १ करोड ८४ लाख मात्रै हो : गण्डकी गाउँपालिका 

इच्छाकामना न्युज

१६, श्रावण २०७९
आर्थिक वर्ष २०७७।०७८ को बेरुजु १ करोड ८४ लाख मात्रै हो : गण्डकी गाउँपालिका 
images

भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को बेरुजु १ करोड ८४ लाख ५३ हजार मात्र रहेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको लेखा अधिकृत बुद्धिप्रसाद सुवेदीले जानकारी दिदै महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट गरिएको गाउँपालिकामा उक्त रकम बेरुजु देखिएको हो। 

images
images

स्थानीय सञ्चारमाध्यममा गण्डकी गाउँपालिकाको बेरुजु सम्बन्धमा आज बिहान प्रकाशित प्रसारित समाचारको तथ्य गलत रहेको भन्दै गाउँपालिकाको वास्तविक वेरुजु आर्थिक वर्ष २०७७।०७८ को बेरुजु १ करोड ८४ लाख ५३ हजार मात्र रहेको लेखा अधिकृत सुवेदीले इच्छाकामना न्युजलाई बताए।

महालेखाले लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको व्यवहोरा अनुसार गाउँपालिकामा स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका रहेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ बमोजिम स्थानीय तहले योजना बनाउँदा सहभागितमूलक, उत्पादनमूलक र प्रतिफल प्राप्त योजना छनौट गरी प्राथमिकिकरण गर्नुपर्ने व्यवस्था छ । साथै योजना बनाउँदा मध्यम तथा दीर्घकालीन प्रकृतिका आयोजनाहरुको सूची समेत तयार गरी कार्यान्वयनमा ल्याउनु पर्ने व्यवस्था छ ।

क्षमा प्राथीः प्रस्तुत समाचारको सन्दर्भमा आज बिहान इच्छाकामना न्युज डटकममा प्रकाशित समाचारमा गण्डकी गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को बेरुजु १ करोड ८४ लाख ५३ हजार हुनुपर्नेमा अन्यथा भै पाठकवर्गमा भ्रम सृजना हुन पुगेकोमा हामी क्षमा प्राथी छौं । आगामी दिनमा यस्तो गल्ती दोहोरिन नदिन हामी सचेत र सजग रहेको व्यवहोरा पनि जानकारी गराउदछौं । –सम्पादक

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - २१:१२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology