Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बन्दा गोबीको राम्रो मूल्य पाएपछि किसान खुसी 

बन्दा गोबीको राम्रो मूल्य पाएपछि किसान खुसी 

विकाश गुरुङ

१५, श्रावण २०७९
बन्दा गोबीको राम्रो मूल्य पाएपछि किसान खुसी 
images

तेह्रथुम । तेह्रथुम र धनकुटाका किसानले बन्दा गोबीको राम्रो मूल्य पाएपछि खुसी भएका छन् । गत वर्ष ५ रुपैयाँमा बिक्री भएकोभन्दा अहिले २५ रुपैयाँसम्म बिक्री हुन थालेको छ । श्रम र लगानी गरेको बन्दा खेतीले राम्रो मूल्य पाएसँगै किसानलाई सहज भएको छ ।

images
images

गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै फस्टाएको तरकारी खेती किसानको मुख्य आम्दानीको स्रोत बन्न थालेको छ । अन्नबाली मास्दै तरकारी बाली रोजेका किसानले तरकारी बिक्रीबाट मात्रै बर्सेनि लाखौं रुपैयाँ आम्दानी गर्न थालेका छन् ।

महालक्ष्मी नगरपालिकाका किसान रेनुका कटुवालले गत वर्ष लगानी मात्रै उठेको भएपनि यसवर्ष भनेभन्दा बिक्री गरेर मात्रै ६ लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।

व्यापारीले किसानले उत्पादन गरेको बारीमै पुगेर निर्यात गर्दै आएका छन् । पूर्वी तराई, भारतको सिक्किम र दार्जिलिङ लगायतका स्थानमा यहाँ उत्पादन भएको तरकारी निर्यात हुँदै आएको छ । 

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - ०९:०८:०२ बजे

विकाश गुरुङ

पत्रकार गुरुङ तेह्रथुममा सञ्चालित रेडियो तीनजुरे १०३.८ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology