उषा तामाङ, काठमाण्डौ । बाली तथा पशुपन्छी बीमा निर्देशन, २०६९ जारी गर्दा चार वटा बीमालेख जारी गरि कृषि बीमाको सुरुवात गरिएको थियो । बाली र पशुपन्छीको बीमा गर्ने प्रक्रिया एउटै भए पनि कुल बीमाको करिव ७ प्रतिशत मात्रै बाली बीमा हुने गरेको छ । बाली बीमाबारे धेरै जसो किसान जानकार नहुँदा अपेक्षा अनुसार आकर्षण बढ्न सकेको छैन ।
बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावर, बेमौसमी वर्षा, खडेरी, असिना, सितलहर, हावाहुरी लगायतका कारण किसानले लगाएको कृषि बालीमा बर्सेनि क्षति पुग्छ, यस्ता क्षतिबाट जोगिन बाली बीमा गर्दा लाग्ने शुल्क मध्ये ८० प्रतिशत प्रिमियम सरकारले नै तिरिदिन्छ, बीमा गरेको बालीमा क्षती पुगे ९० प्रतिशत क्षतीपुर्ति किसानले पाउँछन् । तर, किसानहरू भने यसबारे बेखबर छन् ।
बीमा समितिका अनुसार आर्थिक वर्ष पछिल्लो आठ वर्षमा एक खर्ब १६ अर्ब ४५ करोड १० लाख बरारबको पशुपन्छीको बीमा हुँदा ७ अर्ब ६४ करोड ५३ लाख अर्थात् करिव ७ प्रतिशत मात्रै कृषि बालीको बीमा भएको किवी फल उत्पादन गर्ने दोलखाका किसान उषा थापाले बताउनुभयो ।
बीमा समितिका अनुसार तरकारी, च्याउ, धान, आलु, फलफूल, अलैँची तथा मौरीको बीमा लागतका आधारमा अनि उखु, अन्नबीउ, चैते धान, अदुवा, बेसार, चिया, कफी, सुन्तला, जुनार, कागती लगायतका बालीको उत्पादनका आधारमा बीमा गर्न सकिन्छ । गोलभेडा, काँक्रो, काउली, बन्दासहितका ४९ थरिका तरकारीको बीमा पनि उत्पादनकै आधारमा हुन्छ ।
किसानलाई बीमाको पहँुचमा पु¥याउन सरकारले एउटा बीमा कम्पनीलाई ४ वटा जिल्ला तोकेर १९ वटा बीमा कम्पनीलाई ७७ वटा जिल्लामा खटाएको छ । तर, किसानहरू भन्छन, बीमा कम्पनी अनि बीमा गराउन खटिने अभिकर्ता पहुँचमा नरहेको बीमा समितिका प्रवक्ता राजु रमण पौडेलको भनाइ छ ।
बालीको बीमा गरेपछि क्षती भएमा किसानले ९० प्रतिशतसम्म क्षतीपूर्ति पाउँछन् । यहि विषय सरकारले किसानलाई बुझाउनुपर्ने कृषि विभागका पुर्व महानिर्देशक डा. डिल्लीराम शर्माको सुझाव छ । पशुपन्छी बीमाले छलाङ मार्दा कृषि बीमा भने बामे सरिरहेको छ ।
यसबारे पर्याप्त प्रचारप्रसार गर्न नसकेको कृषि विभाग पनि स्वीकार्छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा ४ हजार एक सय २५ बालीको बीमालेख जारी हुँदा २ अर्ब ४८ करोड ३१ लाखभन्दा बढीको बीमाङ्क कायम भएको छ ।
जबकी यहि अवधिमा एक लाख २९ हजार ५ सय ९९ पशुपन्छीको बीमालेख जारी गरी ३४ अर्ब १५ करोड २० लाखभन्दा बढीको बीमाङ्क कायम भइसकेको छ ।