Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भरतपुरको पुल्चोक देखि गोन्द्राङसम्म अतिक्रमित घरटहरा हटाउन १५ दिनको म्याद

भरतपुरको पुल्चोक देखि गोन्द्राङसम्म अतिक्रमित घरटहरा हटाउन १५ दिनको म्याद

images
भरतपुरको पुल्चोक देखि गोन्द्राङसम्म अतिक्रमित घरटहरा हटाउन १५ दिनको म्याद
images

चितवन, ५ पुस । नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म सडक मिचेर बनेका घरटहरा हटाउन सूचना जारी गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आज (आइतबार) १५ दिने सूचना जारी गर्दै सडक मिचेर बनेका घरटहरा हटाउन भनेको हो । यसअघि भरतपुर महानरपालिकाले सडक विस्तार हुन लागेको भन्दै सडकको क्षेत्राधिकार भित्र परेका संरचना हटाउन अनुरोध गरेको थियो ।

पूर्वपश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडकखण्डको केन्द्र रेखाबाट २५/२५ मिटर दायाँ/बाँया गरी कुल ५० मिटर भित्र रहेका घरटहरा, पर्खाल वा अन्य कुनैपनि किसिमका भौतिक संरचना सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन भनिएको छ ।

सो समयअवधिमा सडक सिमाभित्र अतिक्रमण गरी बनाइएका संरचना नहटाइएमा सार्वजनिक सडक ऐन २०१३ अनुसार कार्यालयबाट डोजर खटाई भत्काउने समेत जनाइएको छ । अतिक्रमित संरचना हटाउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट नै सरकारी बिगो सरह असुल उपर गरिने सूचनामा उल्लेख छ । यस्तै कार्यालयले भरतपुरको केन्द्रिय बसपार्कदेखि आँपटारीसम्मको बाइपास सडकको केन्द्ररेखादेखि १५/१५ मिटर दायाँबाँया गरी कुल ३० मिटर सम्म बनाइएका संरचनाहरु पनि १५ दिन भित्र हटाउन भनेको छ ।

सडक डिभिजन भरतपुर कार्यालयले पुल्चोक–गोन्द्राङ सडकलाई ६ लेन बनाउन यसअघि नै निर्माण कम्पनीसंग पक्षसँग सम्झौता गरिसकेको छ । पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताउनुभयो । यो सडक बनेपछि भरतपुरको स्वरूप नै परिवर्तन हुने उहाँको भनाई छ ।

 

 

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - ०९:१९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology