Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृत्यु र छोराछोरी घाइते

रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृत्यु र छोराछोरी घाइते

इच्छाकामना न्युज

२०, मंसिर २०८२
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृत्यु र छोराछोरी घाइते
images

रौतहट । रौतहटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिकमा सवारी दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका हुन् ।

images
images

दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहट बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा १२ वर्षीय युवराज पटेल ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्स कुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।

चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार साँझ गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा उक्त घटना भएको प्रहरीले जनकारी दिएको छ ।

घटनापछि बस चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०८२ शनिवार - ०९:३७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology