Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अण्डाको लागत मूल्य बढ्यो, प्रतिगोटा १९.१२ कायम

अण्डाको लागत मूल्य बढ्यो, प्रतिगोटा १९.१२ कायम

इच्छाकामना न्युज

२६, मंसिर २०८२
अण्डाको लागत मूल्य बढ्यो, प्रतिगोटा १९.१२ कायम
images

चितवन । अण्डाको लागत मूल्य निरन्तर बढ्दै गएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयको विज्ञ समिति गठन गरी गरेको अध्ययनअनुसार हाल प्रतिगोटा अण्डाको लागत मूल्य १९.१२ रुपैयाँ पुगेको छ । यसअघि यो मूल्य १६.५६ रुपैयाँ थियो ।

images
images

लागत मूल्य अध्ययन समितिका सदस्यसचिव, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा.अनन्त दाहालका अनुसार १० हजार लेयर्स कुखुरा पालन गर्दा उत्पादन हुने अण्डाको सम्पूर्ण खर्च विश्लेषण गरी मूल्य निर्धारण गरिएको हो ।

उक्त खर्चमा चल्ला, दाना, औषधि, भेक्सिन, मजदुर, भेटेरिनरी चिकित्सक, व्यवस्थापक, विद्युत, खोर मर्मत, ढुवानी खर्च, ह्रासकट्टी र बैंक व्याज समावेश गरिएको छ । कुल खर्च जोड्दा १० हजार कुखुराबाट अण्डा उत्पादन गर्दा चार करोड ९८ लाख ५९ हजार रुपैयाँ खर्च आउँछ ।

डा.दाहालका अनुसार पालिएका कुखुराले शतप्रतिशत अण्डा नदिने, अण्डा बिक्रीमा नोक्सानी हुने लगायतका पक्षलाई ध्यानमा राखेर लागत मूल्य निकालिएको हो ।

समितिले प्रतिवेदनमा अण्डा उत्पादनका विभिन्न खर्चहरूको विस्तृत विवरण प्रस्तुत गर्दै अण्डाको प्रतिगोटा उत्पादन लागत १९.१२ रुपैयाँ कायम भएको जनाएको छ । यस मूल्यलाई जिल्ला पशु सेवा कार्यालयमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अनुमोदनका लागि पठाउने निर्णय पनि भएको छ ।

विज्ञ समितिमा प्राडा रेवन्तकुमार भट्टराई, प्राडा सुविर सिंह, सहप्राध्यापक डा.अनिलकुमार तिवारी र सदस्यसचिव डा. अनन्त दाहाल रहेका थिए । समितिको प्रतिवेदनमाथि सरोकारवालासँग अन्तर्क्रिया समेत सम्पन्न भएको थियो ।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले यस अध्ययन अनुसार लागत मूल्यलाई समर्थन गरिएको र अनुमोदनका लागि आवश्यक कदम चालिने जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर २६, २०८२ शुक्रवार - ११:४३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology