Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लालबन्दीबाट ५२ केजी गाँजासहित एक युवक पक्राउ

लालबन्दीबाट ५२ केजी गाँजासहित एक युवक पक्राउ

इच्छाकामना न्युज

२०, मंसिर २०८२
लालबन्दीबाट ५२ केजी गाँजासहित एक युवक पक्राउ
images

जनार्जन खत्री, सर्लाही । सर्लाहीको लालबन्दीबाट ५२ केजी लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिकाको चुरेवर्ती क्षेत्र वडा नं. १४, नारायणखोलाका २५ वर्षीय गंगाबहादुर वाइवा ठुलो परिमाणमा लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेका हुन् ।

images
images

वाइवालाई बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरेर लालबन्दी बजारतर्फ आउँदै गर्दा लालबन्दी नगरपालिका–११, हिरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका वाइवालाई सर्लाही जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान एवम् कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो । नारायणखोलातर्फबाट गाँजा ल्याइँदै गरेको सूचना पाएपछि इन्स्पेक्टर जोहारीको नेतृत्वमा प्रहरी परिचालन भएको थियो ।

इन्स्पेक्टर जोहारीका अनुसार गाडीका चालक बस्ने सिटमुनी ‘फल्स बटम’ बनाएर लुकाइएको गाँजा बरामद भएको हो । लालबन्दी प्रहरीले यसअघि मङ्सिर १ गते लालबन्दी नगरपालिका–६, शिव मन्दिर क्षेत्रबाट ३८ केजी ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको थियो । 

images
प्रकाशित मिति :मंसिर २०, २०८२ शनिवार - ०९:५७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology