Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सरकार विरुद्ध विपक्षीसँग मोर्चाबन्दी गर्दै काँग्रेस 

सरकार विरुद्ध विपक्षीसँग मोर्चाबन्दी गर्दै काँग्रेस 

images

सिआईएन

५, पौष २०७७
सरकार विरुद्ध विपक्षीसँग मोर्चाबन्दी गर्दै काँग्रेस 
images

काठमाण्डौ, ५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विपक्षी दलसँगको मोर्चाबन्दी बढाएको छ । यसअन्तर्गत उसले जनता समाजवादी पार्टी (जसपा) सँग हिजो छलफल गर्दै संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग संयुक्त रूपमा माग गरेको छ । काँग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठमा दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलले संसदको अधिवेशन बोलाउन माग गरेको हो । 
गत बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले पनि संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।  काँग्रेसकै प्रस्ताव अनुसार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल नेता डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए । साथै संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन समेत दुबै दलका शीर्ष नेताहरु सहमत भएको जसपाका नेता राजेन्द्र महतोले सीआईएनसँग बताउनुभयो । 

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - ०९:०३:४४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology