Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
२०८३, कार्तिक १७ गते
images

५ विषय उठाउँदै कांग्रेसले भन्यो– अहिले डर होइन भरोसा चाहिएको छः गगन थापा

५ विषय उठाउँदै कांग्रेसले भन्यो– अहिले डर होइन भरोसा चाहिएको छः गगन थापा

images

इच्छाकामना न्युज

१६, कार्तिक २०८३
५ विषय उठाउँदै कांग्रेसले भन्यो– अहिले डर होइन भरोसा चाहिएको छः गगन थापा
images

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई अहिले त्रासको नभई भरोसाको आवश्यकता रहेको बताउँदै सरकारलाई डर देखाएर नभई विश्वास जितेर शासन चलाउन चेतावनी दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गर्दै सभापति थापाले चारैतिर अस्तव्यस्तता र गञ्जागोल सिर्जना गरेर सुधार सम्भव नहुने स्पष्ट पारे। पत्रकार सम्मेलनमा थापाले सुशासनका लागि सहयोग गर्न प्रतिपक्ष तयार रहँदा पनि सरकार भने प्रतिशोध र धरपकडमा मात्र केन्द्रित भएको आरोप लगाए।

‘हामीले सरकारलाई बारम्बार भनिरहेका छौँ– सुशासनका लागि सरकारले के गर्न चाहेको हो, त्यसका लागि हामी सहयोग गर्छौँ,’ थापाले भने, ‘तर सरकार यी सबै सुधारका विषय छोडेर मान्छे समात्न मात्र पछि परिरहेको छ। यो वेलामा देशलाई विश्वास चाहिएको छ, डर होइन भरोसा चाहिएको छ। यति धेरै गञ्जागोल बनाएर कहिँकतै सुधार गर्न सकिन्न।’
पत्रकारहरूको कार्यालयमा भएको अनधिकृत प्रवेश र धरपकडलाई विषयान्तर गर्न खोजिएको भन्दै उनले कडा आपत्ति जनाए। ‘पत्रकारहरूको अफिसमा पसेर अनधिकृत काम गर्ने अनि पछि त्यो विषयलाई पन्छाउने र विषयान्तर गर्ने काम हामीलाई मान्य छैन,’ उनले भने, ‘यसको दोषी को हो ? हामीलाई स्पष्ट परिणाम चाहिन्छ। कानुन उल्लङ्घन गरेर स्वेच्छाचारिता देखाउन पाइँदैन। कानुन विपरीत काम हुँदैन भन्ने कुरा परिणाममा देखिनुपर्छ।’
 

छुटाउनुभयाे कि ? सभापति गगन थापाले भने– सरकारको स्वेच्छाचारिताले हद नाघ्यो, वक्तव्य होइन परिणाम चाहिन्छ हामीले जे बोल्यौँ त्यो नै हुकुम हो भन्ने सरकारको साेच चिन्ताजनक :सभापति गगन थापा ‘कर्मचारीले गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन, विधिपूर्वक कारबाही गर्ने हो’ सभापति गगन थापाले भने– सरकारको स्वेच्छाचारिताले हद नाघ्यो, वक्तव्य होइन परिणाम चाहिन्छ

राज्यका संयन्त्रहरू निष्पक्ष हुनुपर्नेमा जोड दिँदै उनले अनुसन्धान पूर्वाग्रही हुन नहुने बताए। ‘अनुसन्धान ‘सेलेक्टिभ’ (छानीछानी) हुनु हुँदैन। शासन चलाउने व्यक्तिले अनुसन्धानलाई आफू अनुकूल बनाउने विषय लोकतन्त्रमा मान्य हुन सक्दैन,’ थापाले थपे, ‘संवैधानिक निकायहरू पूर्ण रूपमा निष्पक्ष हुनुपर्छ। जहाँ अनियमितता भएको छ, त्यहाँ निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्छ।’
 
सरकार आफ्नो मूल दायित्वबाट विमुख भएको टिप्पणी गर्दै थापाले तत्काल विपद् प्रभावितहरूको घाउमा मलम लगाउन आग्रह गरे। ‘सरकारको सम्पूर्ण ध्यान र फोकस यतिखेर विपद्मा परेका नागरिकको पुनर्स्थापना र राहतमा लाग्नुपर्ने हो,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको रूपमा जनताले कांग्रेसलाई म्यान्डेट दिएका छन् भन्ने विषय सरकारले राम्रोसँग बुझोस्।’ कांग्रेस सरकारसँग सहकार्य र प्रतिवाद दुवैका लागि तयार रहेको स्पष्ट पार्दै थापाले आफूहरू सत्तारुढ दलसँग खुला बहस गर्न तयार रहेको बताए। साथै, उनले व्यापक नागरिक संवाद थाल्ने घोषणा पनि गरे।

‘हामी सरकारसँग सहकार्य गर्न पनि तयार छौँ, गलत गरे प्रतिवाद गर्न पनि तयार छौँ। सरकार र सत्तारुढ दलसँग नीतिगत बहस गर्न पनि तयार छौँ,’ उनले भने, ‘यसका साथै हामी नागरिक समाजसँग संवाद गर्छौँ, नयाँ पुस्ताका साथीहरूसँग संवाद गर्न चाहन्छौँ र भदौ २३ तथा २४ गतेको आन्दोलनमा सकारात्मक सोच राखेर लाग्नुभएका साथीहरूसँग पनि बृहत् संवाद अगाडि बढाउँछौँ।’

images
प्रकाशित मिति :कार्तिक १६, २०८३ आइतवार - १५:५०:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology