Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

रेमिट्यान्स

नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै, ७८.९ प्रतिशत गुजारा चलाउनकै लागि खर्च

नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै, ७८.९ प्रतिशत गुजारा चलाउनकै लागि खर्च

इच्छाकामना न्युज

८, श्रावण २०७९
नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै, ७८.९ प्रतिशत गुजारा चलाउनकै लागि खर्च
images

काठमाडौं, ८ साउन । नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्।

images
images

आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ। सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ। त्यसमध्ये पनि सबैभन्दा बढी चैत महिनामा ९३ अर्ब ३८ करोड रुपैयाँ नेपाल भित्रिएको छ।

फागुन महिनामा ९१ अर्ब, ७ करोड, वैशाखमा ८७ अर्ब ५ करोड, जेठमा ९३ अर्ब ३९ करोड भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। प्रत्येक वर्ष रेमिट्यान्स भित्रिने क्रम बढिरहेको छ। आव २०७७र/०७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै आव २०७६/०७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ वैदेशिक रेमिट्यान्स भित्रिएको छ। यसरी रेमिट्यान्स भित्रिए पनि ७८.९ प्रतिशत रकम दैनिक गुजारा चलाउनकै लागि खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको रिपोर्टले जनाएको छ।

 

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ०९:४९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology