Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विद्युत प्राधिकरणको नाफा घट्यो, चुहावट बढ्यो 

विद्युत प्राधिकरणको नाफा घट्यो, चुहावट बढ्यो 

इच्छाकामना न्युज

३०, आषाढ २०७९
विद्युत प्राधिकरणको नाफा घट्यो, चुहावट बढ्यो 
images

काठमाण्डौ, ३० असार । महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनले नेपाल विद्युत प्राधिकरणको नाफा घट्नुका साथै चुहावट बढेको देखाएको छ । प्राधिकरणले आफ्नो नाफा बढेको र चुहावट घटेको दावी गर्दै आएको बेला महालेखाको प्रतिवेदनले विवरण नकारात्मक देखाएको हो ।

images
images

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा विद्युत चुहावट १ दशमलव १९ प्रतिशतले बढेर १७ दशमलव १८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा १५ दशमलव ९९ प्रतिशत रहेको विद्युत चुहावट आर्थिक वर्ष २०७७/७८ मा १३ दशमलव ५० प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो । महालेखाले चुहावट वृद्धि भएको हुँदा यसको कारण पत्ता लगाई तेस्रो पक्षबाट स्वतन्त्र मूल्यांकन गराउनुपर्ने औंल्याइए पनि समस्या यथावत रहेको बताएको छ ।

प्राधिकरणको नाफामा पनि गिरावट आएको छ । आर्थिक वर्ष २०७६/७७ मा १० अर्ब ५ करोड २ लाख रुपैयाँ नाफा देखाएको प्राधिकरणले आर्थिक वर्ष २०७७÷७८ सात अर्ब ६८ करोडमा खुम्चिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ३५ अर्ब १२ करोड रुपैयाँ बराबरको बिजुली खरिद गरेको प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा ४० अर्ब ८५ करोड रुपैयाँको बिजुली किनेको छ । प्राधिकरणले विद्युत उत्पादन बढेको दावी गर्दै आए पनि महालेखाले आन्तरिक उत्पादनमा कमी तथा आयातमा वृद्धि हुँदा समष्टिगत खरिद वृद्धि भएको औंल्याएको छ । साथै, प्राधिकरणले असुलउपर गर्नुपर्ने बक्यौता पनि बढेर गएको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस्तो बक्यौता १३ दशमलव १७ प्रतिशत बढेर ३६ अर्ब ४३ करोड पुगेको छ । यसमा डेडिकेटेड तथा ट्रंक लाइनका ग्राहकबाट लिन बाँकी रकम १७ अर्ब १५ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक सडक बत्तिको चार अर्ब ३२ करोड रुपैयाँ प्राधिकरणले उठाउन नसकेको प्रतिवेदनमा उल्लेख छ । 

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०९:००:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology