Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी लडाकुलाई फेरि १ अर्ब ४० करोड रुपैयाँ सरकारी बजेट

माओवादी लडाकुलाई फेरि १ अर्ब ४० करोड रुपैयाँ सरकारी बजेट

इच्छाकामना न्युज

२९, आषाढ २०७९
माओवादी लडाकुलाई फेरि १ अर्ब ४० करोड रुपैयाँ सरकारी बजेट

काठमाडौं, २९ असार । आगामी आर्थिक वर्ष २०७९/८० मा माओवादी कार्यकर्ताको भरण पोषणका लागि सरकारले ठूलो रकम विनियोजन गरेको पाइएको छ। संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने भन्दै जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमा संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन र युद्धमा लागेका माओवादी लडाकुहरुलाई वितरण गर्न उक्त रकम छुट्याइएको हो।

images

तीन महिनामा संक्रमणकालीन न्याय छोटो र माओवादी अनुकूल बाटोबाट टुंग्याउन लागिपरेका कानुनमन्त्री गोबिन्द बन्दीको पहलमा यति ठूलो रकम विनियोजन गरिएको स्रोतले बताएको छ।

बजेटमा विनियोजन भएको १ अर्ब ४० करोड रुपैयाँबाट लोकतन्त्र प्राप्तिका लागि आन्दोलन गर्ने र जनयुद्धमा सहभागी भएका योद्धालाई सम्मान दिइने उल्लेख छ। बजेटमा माओवादी युद्धलाई ‘जनयुद्ध’ भनिएको छ जुन संविधानमा पनि उल्लेख गरिएको छैन।

बजेटको बुँदा नम्बर ३४५ मा उल्लेख छ, ‘लोकतन्त्र प्राप्तिका लागि विभिन्न राजनीतिक आन्दोलन र जनयुद्धमा सहभागी भई महत्त्वपूर्ण योगदान गर्ने योद्धाहरूलाई लोकतान्त्रिक सेनानीका रूपमा सम्मान गरिनेछ।’ माओवादी लडाकुलाई लोकतान्त्रिक सेनानीका रुपमा सम्मान गर्ने लेखिए पनि राज्यका ‘योद्धा’ हरुका लागि कुनै त्यस्तो सम्मानको व्यवस्था बजेटमा गरिएको छैन।

 

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - २१:३७:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology