Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

नुवाकोटमा वन्यजन्तुले एक सय ५३ जनाको अन्नवालीमा क्षति

नुवाकोटमा वन्यजन्तुले एक सय ५३ जनाको अन्नवालीमा क्षति

images
नुवाकोटमा वन्यजन्तुले एक सय ५३ जनाको अन्नवालीमा क्षति
images

नुवाकोट, ४ पुस । नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरि तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका सायौं घरपरिवारको अन्नवालीमा जंगली जनावरले क्षति पु¥याएको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा तीन जनालाई भालुले आक्रमण गरि घाइते बनाएको छ । 
निकुञ्जले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गर्ने क्रममा एक सय ५३ जनाको अन्नवालीमा क्षति भएको बताइएको हो । क्षति भएकाहरुको लगत सङ्कलन गरि निकुञ्ज कार्यालयले नियमानुसार राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाको भनाइ छ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रानाका अनुसार भालुको आक्रमणबाट घाइते हुनेका लागि सरकारी अस्पतालको बिलबमोजिम र अन्नबाली क्षति भएका किसानका हकमा क्षतिको तुलना गरी बढीमा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने कानूनी प्रवधानअनुरूप राहत प्रदान गर्न लागिएको हो । भालुले घाइते बनाएका तीनैजना उपचारपछि घर फर्किसकेका र राहतस्वरूप प्रदान गरिने रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढेको निकुञ्जले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - ०९:४५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology