Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

बेनिघाट रोराङका अध्यक्ष विवेकद्वारा चिउरी प्रशोधन केन्द्रको अवलोकन, सहयोग गर्ने प्रतिवद्धता

बेनिघाट रोराङका अध्यक्ष विवेकद्वारा चिउरी प्रशोधन केन्द्रको अवलोकन, सहयोग गर्ने प्रतिवद्धता

images

इच्छाकामना न्युज

२८, आषाढ २०७९
बेनिघाट रोराङका अध्यक्ष विवेकद्वारा चिउरी प्रशोधन केन्द्रको अवलोकन, सहयोग गर्ने प्रतिवद्धता
images

चरौँदी ,२८ असार । धादिङको बेनिघाट रोराङ ७ चरौदीमा सञ्चालनमा आएको चिउरी प्रशोधन केन्द्रलाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । अध्यक्ष कृष्ण वहादुर थपलिया “विवेक “ले आज प्रशोधन केन्द्रको अवलोकन गर्दै गाउँपालिकाले रु ५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । तत्काल ग्राफ्टेड चिउरीको नर्सरी राख्न रु ५ लाख सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको हो ।

यस कलमी जातको चिउरी २ वर्षमै फल दिने र एउटै बोटमा ५० केजि सम्म फल्न सक्ने विशेषज्ञ घिमिरेले बताउनुभयो । यसबाट साबुन बनाउन र ओखतीको रुपमा प्रयोग गर्न शाकाहारी चिउरीको घिउ हुनाले अति लाभदायक र पिनाबाट माछा, गङ्गटा मार्न र खेतबारीमा जैविक विषादीको रुपमा प्रयोग गरिन्छ । महाभारत लेकमा चिउरीलाई दुहुना भैसीको रुपमा लिईने चलनचल्ती छ । ३ महिना अनिकाल टार्न र चेपाङ समुदायको आय आर्जन तथा पहिचानमा हितकारी फाइदाजनक छ । चिउरीको फुल मह बनाउन अति लाभदायक मानिन्छ । त्यसैले ‘जहाँ चिउरी , त्यहाँ मौरी भन्ने गरिन्छ’ ।

अध्यक्ष विवेक सहित नेपाल चेपाङ सङघ जिसस धादिङका अध्यक्ष भिम वहादुर चेपाङ , राजेन्द्र कडेँल , सामाजिक अभियन्ता मिलन सिलवाल र घनश्याम पाण्डे चिउरी विशेषज्ञ अनुसन्धानकर्ता गोविन्द घिमिरेले प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको हो ।

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - २२:५१:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology