Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मधेशमा कृषि

तराई मधेशमा पर्याप्त पानी नपर्दा रोपाइँ हुन सकेन, प्रदेश सरकारका सिँचाइ आयोजना प्रभावहीन 

तराई मधेशमा पर्याप्त पानी नपर्दा रोपाइँ हुन सकेन, प्रदेश सरकारका सिँचाइ आयोजना प्रभावहीन 

सिआईएन

२७, आषाढ २०७९
तराई मधेशमा पर्याप्त पानी नपर्दा रोपाइँ हुन सकेन, प्रदेश सरकारका सिँचाइ आयोजना प्रभावहीन 
images

स्नेहा कर्ण, काठमाडौं, २७ असार । मधेश प्रदेशमा यसपटक समयमै पानी नपर्दा किसानहरू चिन्तित बनेका छन् । रोपाइँका लागि उत्तम मानिने असार महिना सकिनै लाग्दा पनि मधेशका किसानहरूले रोपाइँ गर्नका लागि चाहिने सिँचाइ नहुँदा चिन्तित बनेका हुन् ।

images
images

साउन १५ सम्म रोपाइँ गर्ने समय भएपनि यस वर्ष हालसम्म पनि पर्याप्त पानी नपरेका कारण सुक्खा भएको किसानहरू बताउँछन् । मधेश प्रदेश सरकारले मात्रै विद्युत प्राधिकरणसँगको समन्वयमा कृषि विद्युतीकरण गर्ने, डिप ट्यूबेल, स्यालो ट्यूबेल तथा साना सिँचाइ आयोजनालाई व्यवस्थापन गर्ने लगायत हरेक वर्ष करोडौँका योजना बनाउँछ । तर, कार्यान्वयमा आउँदैन ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता ललन कुमार सिंहका अनुसार प्रदेश सरकारसँग पर्याप्त बजेट नहुँदा सिँचाइका योजना प्रभावकारी रुपले कार्यान्वयनमा आउन सकेको छैन । उहाँले प्रदेश सरकारले ल्याउने सिँचाइका कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउनका लागि बजेटको आकार बढाउनुपर्ने, किसानको अनुपातमा थोपा सिँचाइ, डिप ट्यूबे, स्यालो ट्यूबेल वितरण गर्न सहज हुने बताउनुभयो । उहाँले सिँचाइका ठूला आयोजना प्रदेश सरकारको मातहतमा नहुँदा पनि काम गर्न समस्या भइरहेको स्वीकार्नुभयो ।

कृषि विभागको असार १५ सम्मको तथ्याङ्क अनुसार देशभर २० प्रतिशत भूभागमा मात्रै धान रोपाइँ भएको छ । मधेश प्रदेशमा यो दर १२ प्रतिशतमा सीमित छ । गत वर्ष यो समयावधिमा मुलुकभरमा गरी ३५ प्रतिशत रोपाइँ भइसकेको थियो । एकजना कृषि क्षेत्रका जानकार रामप्रकाश महतोका अनुसार प्रदेश सरकारले सिँचाइका लागि विद्युतिकरण गर्न आवश्यक छ ।

खेत खेतमा विद्युतिकरण भयो भने किसानलाई आकाशे पानीको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । मधेसमा मात्रै होइन, सुदूरपश्चिमका कञ्चनपुर, कैलालीलगायत तराईका जिल्लामा पनि पर्याप्त पानी नपर्दा किसानले रोपाई गर्न पाएका छैनन् । यसले किसानलाई के खाने भन्ने चिन्ता मात्रै छैन, समग्रमा धान उत्पादनमा कमि आउने विज्ञहरू बताउँछन् । 

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - ०८:५५:११ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology