Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुदूरपश्चिम प्रदेशमा बजेटमाथिको छलफल हुन सकेन

सुदूरपश्चिम प्रदेशमा बजेटमाथिको छलफल हुन सकेन

इच्छाकामना न्युज

२२, आषाढ २०७९
सुदूरपश्चिम प्रदेशमा बजेटमाथिको छलफल हुन सकेन
images

धनगढि, २२ असार ।  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको तीन साता बित्दा पनि बजेटमाथि प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन । बजेटलाई लिएर सत्तापक्षीय दलभित्रै असन्तुष्टि देखिएपछि संसद् बैठक नै बसेको छैन ।

images
images

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षकै सांसदले बजेट संशोधन हुनुपर्ने अडान राखेपछि बजेटमाथिको छलफलका लागि बोलाइएका संसद्का तीनवटा बैठक स्थगित भएका छन् । पछिल्लो बैठक पनि स्थगित भएपछि संसद् सचिवालयले संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सूचना जारी गरेको छ ।

बजेटमाथिको छलफलका लागि ८, १२ र १६ असारमा संसद् बैठक बोलाइएको थियो । असार मसान्तभित्र संसदबाट बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि संसद् बैठकसँगै बजेटमाथिको छलफल पनि अनिश्चित बनेको छ । 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०९:१६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology