कुरिनटार, १९ असार । चितवनको इच्छाकामना गाउँपालिकाले यस आर्थिक बर्षमा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको छ । इच्छाकामना राजश्व परामर्श समितिले आर्थिक बर्ष २०७८र७९मा ३ करोड ९० लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा हाल सम्म ५ करोड रावश्व संकलन गरेको हो ।
राजश्व शाखाका प्रमुख रीता अर्याल नेपालले गत आर्थिक बर्ष भन्दा यस आर्थिक बर्षमा राजश्व बढी संकलन भएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक बर्ष २०७७र७८ मा ३ करोड ९० लाख मात्र संकलन भएक थियो । उहाँका अनुसार राजश्व परामर्श समितिले २ करोड ६० लाखको लक्ष्य लिएका थिए ।
इच्छाकामनामा विशेष गरेर पर्यटन क्षेत्र, होटल र ढुंगा गिट्टी बालुवा मुख्य आम्दानी श्रोत बन्न पुगेको छ । उहाँका अनुसार केबलकारबाट गत ३० लाख प्राप्त भएको छ । जलबिरे लामो झरनाबाट यस बर्ष १५ लाखको लक्ष्य लिएको उहाँले बताउनुभयो । लामो झरनाबाट गत बर्ष १० लाख राजश्व संकलन भएका थिए । ढुंगा गिट्टी बालुवाबाट रु ५० लाख आम्दानी गरेको छ ।
समयमा राजश्व नबुझाउने व्यवसायीहरुलाई १० प्रतिशतको जरिवाना लिने गरेको उहाँले बताउनुभयो ।