Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट,आठको मृत्यु र चार जना घाइते

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट,आठको मृत्यु र चार जना घाइते

images

इच्छाकामना न्युज

१३, कार्तिक २०८३
पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट,आठको मृत्यु र चार जना घाइते
images

इस्लामाबाद। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो ।
घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कराची सारिएको छ । मृत्यु भएकाहरूको शव पहिचानका लागि स्थानीय अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन् ।

विस्फोटको कारण पत्ता लगाउन मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको प्रहरीले जनाएको छ । टोलीले घटनास्थलका प्रमाणको जाँच गरी विस्फोटको कारणबारे अनुसन्धान गर्नेछ । रासस

 
 

images
प्रकाशित मिति :कार्तिक १३, २०८३ बिहिवार - १६:२६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology