Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीनको लगत संकलन गर्न सुरु ग¥यो 

भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीनको लगत संकलन गर्न सुरु ग¥यो 

सिआईएन

२, पौष २०७७
भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीनको लगत संकलन गर्न सुरु ग¥यो 
images

काठमाण्डौ, २ पुस । भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीनको लगत संकलन गर्न कर्णाली प्रदेशका १५ वटा स्थानीय तहसँग सम्झौता गरेको छ। लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न आयोगले ती स्थानीय तहसँग वीरेन्द्रनगरमा सम्झौता गरेको हो।
भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थितरुपमा बसोवास गरेकाहरुको पहिला तथ्यांक पठाएको आधारमा ती स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवि ज्ञवालीले सीआइएनलाई जानकारी दिनुभयो । सम्झौता पत्रमा आयोग र स्थानीय तहले गर्ने काम उल्लेख गरिएको छ। आयोग एक्लैले गर्दा तथ्यगत विवरण नआउने भएकाले पालिकालाई सबै विवरण संकलन गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको अध्यक्ष ज्ञवालीको भनाइ छ।
सम्झौता हुनेमा सुर्खेतका नौवटा स्थानीय तह, रुकुम पश्चिमका मुसिकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणि गाउँपालिका, सल्यानको बनगाड र बागचौर नगरपालिका तथा कालीमाटी गाउँपालिका, जाजकोटको भेरी नगरपालिका रहेका छन् ।

images
images

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - ०९:३७:०२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology