Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

डाईभर्सन बगाएका कारण अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड २१ घण्टापछि खुल्यो

डाईभर्सन बगाएका कारण अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड २१ घण्टापछि खुल्यो

images

इच्छाकामना न्युज

१६, आषाढ २०७९
डाईभर्सन बगाएका कारण अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड २१ घण्टापछि खुल्यो
images

नवलपुर, १६ असार । नारायणगढ-बुटवल सडकखण्डको अरुणखोला-दुम्कीबास खण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि अवरुद्ध बनेको सडक २१ घण्टापछि सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय खहरेखोलामा आएको बाढीले बगाएपछि बुधबार बिहान ६ बजेपछि राजमार्ग ठप्प बनेको थियो ।

नेपाल प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक आज बिहीबार बिहान ३ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । पुनः डाईभर्सन बनाइएपछि रोकिएका सयौं सवारीसाधन अहिले चल्न थालेका छन् । सडकमा सवारीसाधनको चाप भएकाले लेन अनुसासन कायम गर्दै सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।

 
 

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०८:३३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology