जलविरे, १३ असार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ का किसानहरुलाई कुखुराको चल्ला वितरण गरिएको छ । आज वडा कार्यालय जलविरेमा एक कार्यक्रमको आयोजना गरि वडा भित्रका करिब एक सय जना किसानहरुलाई कुखुराको चल्ला वितरण गरिएको हो।

किसानहरुको आयआर्जनमा टेवा पुगोस् भन्ने हेतुले चल्ला वितरण गरिएको वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिए ।