Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ६० करोड ५३ लाख

आँबुखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ६० करोड ५३ लाख

images

इच्छाकामना न्युज

१०, आषाढ २०७९
आँबुखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ६० करोड ५३ लाख
images

आँबुखैरेनी, १० असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि  ६० करोड ५३ लाख ३३ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको शुक्रबार आयोजित सभामा उपाध्यक्ष दुर्गा अर्यालले उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

कूल विनियोजितमध्ये चालुतर्फ  ३४ करोड ४४ लाख र पुँजीगततर्फ २६ करोड २६ लाख विनियोजन गरिएको छ ।

आर्थिक विकासतर्फ  आठ करोड ९० लाख, सामाजिक विकासतर्फ १९ करोड १९ लाख, पूर्वाधारतर्फ १८ करोड ३६ लाख, वन वातावरणतर्फ एक करोड ३६ लाख, सुशासनतर्फ दुई करोड ३२ लाख विनियोजन गरिएको अर्यालले जानकारी दिइन् ।

आयतर्फ सङ्घीय सरकार सशर्त अनुदानबाट १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट दश करोड ५३ लाख, विशेष अनुदानबाट एक करोड ७० लाख, राजश्व बाडँफाँटबाट आठ करोड, प्रदेश सरकार अनुदानबाट एक करोड १६ लाख, सशर्त अनुदानबाट ४० लाख हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले एक वडा एक उत्पादन, अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।

यस्तै पर्यटन, पूर्वाधार विकासका लागि ऐनापहरा, छिम्केश्वरी, समस्तीपुरमा साहसिक पर्यटनका लागि बजेट विनियोजन गरिएको उपाध्यक्ष अर्यालले बताइन् ।

यसअघि शुक्रबार नै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - १९:४९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology