Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रत्ननगर उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपा निकट व्यवसायी गिरीको प्यानलै विजयी

रत्ननगर उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपा निकट व्यवसायी गिरीको प्यानलै विजयी

रत्ननगर उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपा निकट व्यवसायी गिरीको प्यानलै विजयी
images

चितवन, १ पुष । रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी निर्वाचित हुनुभएको छ । नेकपा प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार रहनुभएका गिरीले कांग्रेस प्यानलका देवेन्द्र कुमार श्रेष्ठलाई ५९ मतले पराजित गर्नुभएको हो । हिजो सकिएको मतगणनामा गिरीले ६०४ ल्याउँदा उहाँका प्रतिद्धन्दी श्रेष्ठले ५४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । अन्य पदाधिकारीमा पनि नेकपा प्यानलको बर्चश्व रहेको छ । २१ औं साधारणसभा तथा नवौं अधिवेशनमा भएको निर्वाचनमा १ हजार ३२५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार १९१ मत खसेको थियो ।
बणिज्य तर्फको उपाध्यक्षमा नेकपा प्यानलका उम्मेदवार भिमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले ५ सय ३७ मत ल्याउदा निकटतम प्रतिस्पर्धी काँग्रेस प्यानलबाट उम्मेदवार कविन घिमिरेले ३ सय ७७ मत ल्याउनुभएको थियो । सोही पदका लागि स्वतन्त्र उम्मेदवार रहनुभएका देवी डल्लाकोटीले २ सय १३ मत प्राप्त गर्नुभयो ।
यस्तै, उद्योग तर्फको उपाध्यक्षमा नेकपा प्यानलकै उम्मेदवार पुरु खनाल बिजयी भएका छन् । उहाँले ५ सय ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी काँग्रेस प्यानलका निरञ्जन थापाले ५ सय ४१ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै एसोसियट तर्फ पनि नेकपा प्यानलकै उम्मेदवार राममणि थपलिया निर्वाचित हुनुभयो । उहाँले ६६ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदावर काँग्रेस प्यानलका हरी अधिकारीले ५३ मत प्राप्न गर्नुभयो । संघको महासचिवमा पनि नेकपा प्यानलकै निराजन खनाल निर्वाचित हुनुभएको छ । खनालले ६ सय ६३ मत प्रप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेस प्यानलका माधव पौडेलले ४ सय ६० मत प्राप्त गर्नुभयो । त्यस्तै कोषाध्यक्षमा उपेन्द्रशर्मा आचार्य ६ सय ४० मत सहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी काँग्रेस प्यानलका मिना उप्रेतीले ४ सय ७३ मत प्राप्त गर्नुभयो । महिला सदस्य तर्फ पनि नेकपा निकट प्यानलकी निर्मला सुबेदी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

images
images

अधिकारीका अनुसार बाणिज्य तर्फको सदस्यहरुमा ईश्वरी प्रसाद अर्याल, रामशरण नेपाल, सुन्दरमणि सुबेदी, सुरेन्द्र पाण्डे, अर्जुन बास्ताकोटी, उत्तम घिमिरे, प्रकाशमणि सापकोटा, शुर्य प्रकाश रेग्मी तथा उद्योग तर्फको सदस्यहरुमा बिरञ्जना सापकोटा, महेन्द्र घिमिरे, रामप्रसाद पाण्डे, अनुप बिसुराल, सुबास मिश्र र उद्धव प्रसाद कोईराला निर्वाचित हुनुभएको छ । त्यस्तै बस्तुगत सदस्यमा कृष्ण सेढाई र एसोसियट सदस्यहरुमा जोगेन्द्र महतो सँगै लोजिक कृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । संघमा यसअघि बस्तुगत तर्फको उपाध्यक्षमा कांग्रेस निकट ब्यबसायी रघु भट्ट निर्वीरोध भईसक्नु भएको छ ।

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - ०९:४०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology