Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

संसद् बैठक बहिस्कार गर्‍यो एमालेले, गोकुल बाँस्कोटाले भने- 'प्रतिपक्षी दल यहाँ छ '

संसद् बैठक बहिस्कार गर्‍यो एमालेले, गोकुल बाँस्कोटाले भने- 'प्रतिपक्षी दल यहाँ छ '

images

इच्छाकामना न्युज

६, आषाढ २०७९
संसद् बैठक बहिस्कार गर्‍यो एमालेले, गोकुल बाँस्कोटाले भने- 'प्रतिपक्षी दल यहाँ छ '
images

काठमाडौं, ६ असार । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।

‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल यहाँ छ । हिजो पञ्चायतमा पनि देखिँदैनथ्यो, प्रतिपक्षीलाई ।’ 

आरोप लागेपछि छानबिनका लागि मार्ग प्रशस्त गर्न अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताको छानबिन हुनुपर्ने र यसका लागि एमाले प्रतिवद्ध रहेको बताए । 

अर्थमन्त्रीलाई राजीनाामा दिन  आग्रह गर्दै उनले भने, ‘एमालेलाई नलकार्न भन्छु, राजीनामा दिनुहोस् ।’ 

अर्थमन्त्री शर्माको जवाफ सुन्न जनताले चाहँदैन भन्दै बास्कोटाले एमालेले आर्थिक विधेयकमाथि उठेका प्रश्नको अर्थमन्त्रीले दिने जवाफ नसुन्ने भन्दै बैठक बहिस्कार गर्ने जानकारी दिए । 

यसपछि एमालेले बैठक बहिस्कार गरेको छ भने अर्थमन्त्री शर्माले जवाफ दिइरहेका छन् । 

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - २०:०२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology