Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अर्थ

गाउँगाउँमा खुलेका सहकारी जेष्ठ नागरिकको लागि बचतको माध्यम बन्दै 

गाउँगाउँमा खुलेका सहकारी जेष्ठ नागरिकको लागि बचतको माध्यम बन्दै 

इच्छाकामना न्युज

५, आषाढ २०७९
गाउँगाउँमा खुलेका सहकारी जेष्ठ नागरिकको लागि बचतको माध्यम बन्दै 
images

पवित्रा पराजुली, नवलपरासी पूर्व, ५ असार । गाउँगाउँमा खुलेका सहकारी जेष्ठ नागरिकको लागि बचतको माध्यम बनेका छन् । बुवाआमाहरू सामाजिक सुरक्षा भत्ता बापत सरकारले दिने मासिक रकमबाट उब्रिएको थोरै रकम जम्मा गर्न सहकारी जाने गरेका छन् । थोरैथोरै रकम पनि भविश्यमा दुःख पर्दा काम लाग्ने उनीहरूको भनाइ छ ।

images
images

मध्यविन्दु ८ नवलपुरका ६७ वर्षिय कमला उपाध्याय नियमित रूपमा बचत गर्नुहुन्छ । गाउँटोलमा नै खुलेको सहकारी उहाँको बचतको साथी बनेको छ । सुरूमा १ सय रूपैंयाबाट बचत सुरू गर्नुभएका उहाँले हाल मासिक ५ सयसम्म बचत गर्ने गर्नुभएको छ ।

मध्यविन्दु ८ रानिटारका ९३ वर्षका रुपनाारायण पाण्डे पनि सामाजिक सुरक्षा भक्ता बापत पाएको रकमबाट मासिक रूपमा केही बचत गर्नुहुन्छ । मासिक रूपमा भएको थोरै बचतबाट भविश्यमा पुग्ने सहयोग प्रति पाण्डे आसावादी हुनुहुन्छ । केही महिना अघि बिरामी परेको समयमा यसअघि गरेको बचतले पनि सहयोग ग¥यो ।

मध्यविन्दु ८ भागराका शुशीला मरासिनी७२ बर्षको हुनुभयो । घरपरिवार, छोराछोरी सबै हिसाबले उहाँलाइ नपुग्दो केही छैन । तर, आज गरेको थोरै बचत भोलीको लागि सहयोगि हुने भएकाले मासिक रूपमा सकेको जति बचत गर्ने गर्नुभएको छ ।

मध्यविन्दु नगरपालिकामा मात्रै २ हजारभन्दा धेरै जेष्ठ नागरिक छन् । सबैजसो जेष्ठ नागरिकले जिल्लाभर रहेका २ सय ४१ सहकारीमा रकम बचत गर्ने गरेका छन् 

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - ०९:२४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology