Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

घुस खाएको आरोपमा मालपोत कार्यालय भरतपुरका कर्मचारी विरुद्ध मुद्दा दर्ता

घुस खाएको आरोपमा मालपोत कार्यालय भरतपुरका कर्मचारी विरुद्ध मुद्दा दर्ता

images

इच्छाकामना न्युज

२९, मंसिर २०७७
घुस खाएको आरोपमा मालपोत कार्यालय भरतपुरका कर्मचारी विरुद्ध मुद्दा दर्ता
images

चितवन, २९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार विभिन्न फाँटबाट नगदी रसिद काटी सङ्कलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध आज मुद्दा दायर गरिएको हो 

आयोगले नायबसुब्बा मनोजकुमार निरौलाविरुद्ध रु चार लाख ७१ हजार ६१३ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । यस्तै लेखा अधिकृत रिठ्ठे दर्जीविरुद्ध रु सात करोड आठ लाख १७ हजार ३७ र लेखापाल बलराम सापकोटाविरुद्ध रु ५८ लाख ४३ हजार ८०६ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

 

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - २०:१९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology