Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाका २ दर्जन कार्यक्रम र आयोजनामा बागमती प्रदेशको झण्डै साढे ५ करोड बजेट

इच्छाकामना गाउँपालिकाका २ दर्जन कार्यक्रम र आयोजनामा बागमती प्रदेशको झण्डै साढे ५ करोड बजेट

इच्छाकामना न्युज

३, आषाढ २०७९
इच्छाकामना गाउँपालिकाका २ दर्जन कार्यक्रम र आयोजनामा बागमती प्रदेशको झण्डै साढे ५ करोड बजेट
images

कुरिनटार, ३ असार । आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेश सरकारले बुधबार ७० अर्ब ९३ करोड ९२ लाखको बजेट प्रस्तुत गर्‍यो। सातवटा पालिका रहेको चितवनमा जम्मा ५५ करोड ४६ लाख २६ हजार रूपैयाँमात्रै बजेट परेको छ। जसमध्य इच्छाकामना गाउँपालिकाका २ दर्जन विभिन्न कार्यक्रम र अयोजनामा साढे ५ करोड ४८ लाख रुपैयाँ बजेट परेको छ। 

images
images

जिल्लाको एउटामात्रै गाउँपालिकाको रुपमा रहेको इच्छाकामनामा विभिन्न २३ वटा शीर्षकमार्फत बजेटमा समेटिएको छ। आयआर्जनका लागि बाख्रापालन कार्यक्रमका लागि ३० लाख रूपैयाँ बजेट परेको छ। गाउँपालिकाको बाख्रापालन प्रवर्द्वन कार्यक्रमअन्तर्गत अन्य दुईवटा शीर्षक र तरकारी खेतीको पकेट क्षेत्र कार्यक्रम शीर्षकमा १०/१० लाख रूपैयाँ बजेट परेको छ। 

वडा नं–५ को फोक्सिङ खानेपानी आयोजना, वडा नं–७ को डाङडुङ्गो खानेपानी आयोजना, मेहनती कृषक समूह डाँडागाउँको भवन निर्माण, दाहाखानी युवा क्लब भालुमारे झुल भवन निर्माण, याक्राङ चनौटेबीचको खोलामा कल्भर्ट निर्माण र हात्तीवाङदेखि सिराइचुली जाने बाटोको ट्रयाक खोल्नका लागि सबै शीर्षकमा २५/२५ लाख रूपैयाँ बजेट परेको छ।

माध्यमिक तहमा शून्य दरबन्दी भएमा सामुदायिक माध्यमिक विद्यालयमा अंग्रेजी, गणित तथा विज्ञान शिक्षकका लागि शिक्षण सहयोग अनुदानका लागि १७ लाख चार हजार, स्थानीय न्यायिक सहजकर्ता कार्यक्रम (पारिश्रमिक तथा भत्ता)का लागि चार लाख ६२ हजार, बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रमका निम्ति एक लाख ५० हजार, अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रमका निम्ति तीन लाख, बालमैत्री स्थानीय तह घोषणा प्रोत्साहन कार्यक्रमका लागि एक लाख ५० हजार, बाबुआमाविहीन बालबालिका संरक्षण कार्यक्रमका लागि ७२ हजार रूपैयाँ बजेट परेको छ।

यस्तै, सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन अनुदानमा सात लाख, ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि २० लाख आठ हजार, स्थानीय तहका अस्पताल, स्वास्थ्यचौकी तथा औषधालय भवन निर्माण (दारेचोक स्वास्थ्यचौकी मर्मत एवम् प्रसूति प्रतीक्षालय भवन निर्माण)का लागि २० लाख, स्थानीय तहका अस्पताल, स्वास्थ्यचौकी तथा औषधालय भवन निर्माण) दाहाखानी बर्थिङ सेन्टर निर्माणका लागि २० लाख रूपैयाँ बजेट परेको छ।

वडा नं–७ मा पर्ने स्याङ्दी आधारभूत स्वास्थ्यकेन्द्र भवन निर्माणका लागि १० लाख, भाराङ आधारभूत स्वास्थ्यकेन्द्र भवन निर्माणका लागि १० लाख र न्यूनतम सेवा मापदण्ड सुधारका लागि दुई लाख ५० हजार रूपैयाँ बजेट परेको छ।

images
प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - १८:५२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology