Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य

इच्छाकामना न्युज

२, आषाढ २०७९
भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य
images

काठमाडौं, २ असार । भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ । 

images
images

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ । अहिले पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य दुई सय नौ रुपैयाँ २८ पैसा पुगेको निगमले जनाएको छ । 

यस्तै डिजलमा अब प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रूपमा पेट्रोलमा ९५ करोड, डिजलमा दुई अर्ब ९१ करोड, हवाई इन्धन (आन्तरिक) मा ६६ लाख र खाना पकाउने एलपी ग्यासमा एक अर्ब १४ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ । यस्तै मासिक पेट्रोलियम पदार्थमा नौ अर्ब ६३ करोड रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :आषाढ २, २०७९ बिहिवार - २१:३५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology