Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जडिबुटी प्रशोधन केन्द्र हुनुपर्ने जुम्लाबासीको माग

जडिबुटी प्रशोधन केन्द्र हुनुपर्ने जुम्लाबासीको माग

इच्छाकामना न्युज

२१, जेठ २०७९
जडिबुटी प्रशोधन केन्द्र हुनुपर्ने जुम्लाबासीको माग
images

दिलमाया शाही, जुम्ला,  २१ जेठ । जुम्ला कृषकहरूले कर्णाली प्रदेशस्तरीय जडिबुटी प्रशोधन केन्द्र जुम्लामा हुनुपर्ने माग गरेका छन् ।  यहाँको जडिबुटी कृषकहरूले  संकलन गर्ने तर बाहिर पठाउदै आएको स्मरण गर्दै  उनीहरुले जुम्लामै प्रशोधन केन्द्र  हुनु पर्ने  माग गरेका हुन् । , संघीय सरकारले सरकारले आगामी आर्थिक वर्ष ०७९\०८० को बजेटमा प्रदेशस्तरीय जडिबुटी प्रशोधन केन्द्र सुर्खेतमा स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ । यसमा माथिल्लो कर्णालीका जडिबुटी कृषकहरूले प्रशोधन केन्द्र सुर्खेतमा सञ्चालन गर्ने योजना बनाइनु आफैमा अन्याय भएको गुनासाे गरेका छन्  । 

images
images

जुम्लाका बरिष्ठ कृषक रामकृष्ण बुढ्थापाले जडिबुटीको भण्डार मानिने जुम्लामा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनको व्यवस्था गर्न नसक्नु  दुखत खवर भएको बताए । उनले भने जुम्ला जस्तो ठाउमा  जडिबुटी प्रशोधन केन्द्र नबनाइने  सरकारको अविवेकी निर्णय भएको बताए  ।

उनले थपे, ‘जुम्ला हिमाली र पहाडी दुवै क्षेत्रको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा भौगोलिक केन्द्रविन्दु हो । यति हुँदाहुँदै पनि जडिबुटी उत्पादन तथा संकलन हुने क्षेत्रमा प्रशोधन केन्द्र स्थापना गर्ने चेष्टा नराख्नु नेतृत्वको पूर्वाग्रहबाहेक अरु के हुन सक्छ ?’ यसबारे सरकारले बेलैमा मनन् गर्नुपर्नेमा उनको जोड छ । उच्च मूल्य र विविधतायुक्त जडिबुटीको क्षेत्र माथिल्लो कर्णालीमा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालन गर्न सकेमात्र यहाँका नागरिकहरुको आर्थिक  आयआर्जन र बेरोजगारी समस्या समाधानमा   सहयोग पुग्ने उनको भनाई छ ।

 सरकारले सकेसम्म भूगोल, हावापानी र जैविक विविधताका आधारमा सुर्खेत, जुम्ला र हुम्लामा समेत जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनुपर्ने   बुढ्थापाले बताए । 

त्यस्तै, जडिबुटीको भण्डारका रुपमा परिचित जुम्ला पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जडिबुटी उत्पादन तथा संकलन हुने क्षेत्र एक तर प्रशोधन केन्द्र अर्को ठाउँ स्थापना गर्ने सरकारी प्रावधान उपयुक्त नभएको बताए  । उनले भने, ‘अहिले पनि जडिबुटीबाट आउने राजश्व संघीय सरकारले उठाइरहेको छ । ’

अध्यक्ष बोहोराले अगाडि भने, ‘प्रशोधन केन्द्र स्थापना मात्र गरेर के हुन्छ ? ’ जुम्लामा प्रशोधन केन्द्र स्थापना गर्नुले जडिबुटी उत्पादन क्षेत्रका कृषकहरु लाभान्वित हुने र यहाँको बेरोजगार जनशक्तिलाई रोजगार दिन सकिने उनले बताए  । उनका अनुसार जुम्लाका प्रशोधन केन्द्र स्थापनाको मागसहित डेलिगेसन जाने तयारी भइरहेको छ ।

त्यस्तै,  कृषक नरबहादुर रावतले सुर्खेत र आसपासका जिल्लाका लागि जडिबुटी प्रशोधन केन्द्र सञ्चालन गरिए पनि जुम्लाका लागि प्रशोधन केन्द्र अपरिहार्य भएको बताए  । कर्णालीको चिनो, कागुनो, फापर, उवा, सिमी, मार्सी तथा उत्पादनहरुको प्रशोधन र प्याकेजिङ गरी बजारीकरण गर्न प्रदेश सरकारसँग सहकार्य गर्ने, कर्णाली र गण्डकी प्रदेशका हिमाली जिल्लालाई स्याउ उत्पादन र प्रशोधनको केन्द्र बनाउन कार्यक्रम सञ्चालन गरिने संघीय सरकारको योजनाको भने  भने स्वागत गरिएको छ । 

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - १९:२१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology