Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेप्सेमा १८ अंककाे गिरावट

नेप्सेमा १८ अंककाे गिरावट

इच्छाकामना न्युज

१९, जेठ २०७९
नेप्सेमा १८ अंककाे गिरावट
images

काठमाडौं, १९ जेठ । नेपाली सेयर बजार नेप्सेमा निरन्तर गिरावट आइरहेकाे छ । बिहीबार पनि नेप्से परिसूचकमा १८.२६ अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचकमा ७.१९ अंकले गिरावट आएको थियो ।

images
images

बिहान बजार खुल्दा २१ सय ३० अंकबाट काराेबार सुरु भएको बजारको अन्तिममा २१ सय १२ मा बन्द भएको छ । घटेको बजारमा सेन्सेटिभ इन्डेक्स ३.८१ अंकले घटेर ४ सय १० अंकमा पुगेको छ । नेप्से परिसूचकमा गिरावट आए पनि नेप्से कारोबार रकममा भने बढेकाे छ ।

बिहीबार नाै अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा बिहीबार ३५ लाख ६६ हजार आठ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा नेप्सेमा एक अर्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  

बुधबार ३० लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब सात करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा बिहीबार दुई सय २७ कम्पनी सेयर कारोबार हुँदा एक सय ६८ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ४६ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । 

यस्तै १२ कम्पनीको सेयर मूल्य हिजोकै मूल्यमा कारोबार भएको छ । सेयर बजारमा एक मात्र कम्पनी बाफेली हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमाेटर सेयरमा नकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १३.९ रुपैयाँले बढेर एक सय ५३.३ रुपैयाँ पुगेको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर मूल्यमा ३५.५ रुपैयाँले घटेर ३ सय २० रुपैयाँ पुगेको छ ।

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - २०:२८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology