तेह्रथुम, २८ मंसिर ।
तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा तीन जना बालिकाको मृत्यु भएको गाउँपालिकाका अधयक्ष सन्तवीर लिम्बुले जानकारी दिनुभयो ।
वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहानाको मृत्यु भएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । हिजो दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो ।