आँबुखैरेनी, १७ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९।०८० को लागि संघिय सरकारबाट करिब साढे २८ करोड बजेट विनियोजन भएको छ। संघिय सरकारले आईतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९।८० को बजेट अनुसार गाउँपालिकालाई २८ करोड ३५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो।
गाउँपालिकाले पाउने उक्त बजेटमा चालुखर्च तर्फ २५ करोड ३४ लाख र पूँजीगततर्फ ३ करोड १ लाख रुपैयाँ रहेको छ ।
गाउँपालिकाले संघिय सरकारबाट चालु वर्ष पाएको र आगामी वर्ष पाउने बजेट अनुसार चालु वर्ष भन्दा आगामी वर्ष ५० लाख रुपैयाँ बढि बजेट विनियोजन भएको छ। स्मरण रहोस् चालु वर्ष गाउँपालिकाले संघिय सरकारबाट २७ करोड ८५ लाख रुपैयाँ पाएको थियो।