कुरिनटार, १८ जेठ । चितवन उद्योग संघ इच्छाकामना इकाई समितिको अध्यक्षमा रामहरी कडेंल चयन भएको छ । संघको आज बसेको बैठकले कडेंललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।
संघका अध्यक्ष नर बहादुर नेपाल भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट इच्छाकामना गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा निर्वाचित भएकोले कार्यवाहक अध्यक्षको जिम्मेवारी कंडेललाई दिएको हो।
कार्यवाहक अध्यक्षको जिममेवारी पाएका कंडेल संघको हालको कार्यसमितिमा उपाध्यक्ष थिए ।