Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो, एकै वर्षमा ७ जनाको मृत्यु

महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो, एकै वर्षमा ७ जनाको मृत्यु

images

इच्छाकामना न्युज

१५, जेठ २०७९
महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो, एकै वर्षमा ७ जनाको मृत्यु
images

विशाल बस्नेत, महोत्तरी, १५ जेठ । महोत्तरीमा एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पाइएको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पुष्टि गरेको हो ।

एआरटी सेन्टर महोत्तरीका अनुसार २०७२ देखि अहिलेसम्म ४१० जनामा एचआईभी पोजिटिभ भएको छ ।  ४१० जनामध्य ३१० जना सक्रिय संक्रमित छन् । यो संख्या एआरटी सेन्टरमा आउनेहरुको मात्र हो । धेरैजसोले रोग लुकाउने भएको कारण महोत्तरीमा सयौँ संख्यामा एचआईभी संक्रमित हुन सक्ने महोत्तरीस्थित स्वास्थ्यकर्मीहरुको अनुमान छ ।

२०७८ मा  ६९ जनामा संक्रमित भएका छन् । अहिलेसम्म १२३ जना महिला र १७७ जना पुरुषहरुमा संक्रमण देखिएको एआरटी सेन्टर जलेश्वरले जनाएको छ ।

यो महिनामा मात्र एचआईभी सम्बन्धित् मिल्दोजुल्दो लक्षण देखिएका २९४ जनालाइ जाँच गरिएको छ । २९४ जनामा १९४ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

तथ्यांकअनुसार बिदेशबाट काम गरेर फर्किएका ९६ जनामा पोजेटिभ देखिएको छ । पेशेवर यौनकर्मी तथा असुरक्षित यौनसम्पर्कका कारण पनि एचआईभी संक्रमण फैलिँदै गएको देखिएको छ । एआरटी सेन्टरका इन्चार्ज राजिप पाठकले संक्रमितमध्ये महिला यौनकर्मी आठ जना र तेश्रो लिङ्गी १२ जना छन् ।  

गम्भीर प्रकारका एचआईभी पोजेटिभ लक्षण देखिएकाहरुमध्ये पछिल्लो ५ वर्षमा महोत्तरीमा ३० जनाको मृत्यु भएको छ । इन्चार्ज राजिप पाठकको अनुसार यो वर्षमा मात्र एचआईभीकै कारण सात जनाको ज्यान गयो ।

पाँच वर्षको तथ्यांकमा सबैभन्दा बढी जलेश्वर नगरपालिकामा ४४ जना संक्रमित वनेका छन् । जिल्लाभरि बाक्लै संख्यामा खुलेका होटल र उक्त होटलमा लुकिछिपी चलाइने यौन व्यवसायका कारण पनि एचआईभी कै कारण ज्यान जानेको संख्या अधिक बनिरहेको जानकारहरु बताउँछन् ।

एआरटी सेन्टर जलेश्वरको अनुसार पिपरामा १६ जना, मनरासिस्वा नगरपालिकामा २१ जना, बल्वामा १२ जना, सम्सीमा ३६ जना, सोनामामा १५ जना, लोहारपट्टीवाट १५ जना, रामगोपालपुरमा २२ जना, एकडारमा १७ जना, मट्टीहानीमा २६ जना, औरहीमा १० जना, महोत्तरीमा १९ जना, भंगाहामा १८ जना, गौशालामा १२ जना र बर्दिबासमा १५ जना एचआईभी संक्रमित छन ।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - ११:३०:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology