Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रसुवामाा गहना लुटेर ६ वर्षिया बालिकाको हत्या

रसुवामाा गहना लुटेर ६ वर्षिया बालिकाको हत्या

इच्छाकामना न्युज

२६, मंसिर २०७७
रसुवामाा गहना लुटेर ६ वर्षिया बालिकाको हत्या
images

रसुवा, २६ मंसिर ।  
रसुवामा गहना लुटेपछि घटना लुकाउने उद्देश्यले एक स्कुले बालिकाको हत्या भएको रहस्य खुलेको छ । स्कुल गएकी बालिका रसुवाको जङ्गलमा मंसिर २३ गते मृत भेटिएकी थिइन् । एक युवतीले उनको अपहरण गरेर गरगहना लुटेर हत्या गरेको रहस्य खुलेको रसुवा प्रहरीले जनाएको छ । 
अनुसन्धानका क्रममा पक्राउ परेकी नुवाकोटकी एक जना युवतीले हत्या गरेको पाइएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुुभयो । उहाँका अनुसार कालिका गाउँपालिका–१ ग्राङ घर भएकी ६ वर्षिया बालिका सुमिना तामाङ यहि मंसिर २१ गते विद्यालयबाट फर्कने क्रममा वेपत्ता भएकी थिइन् । उनको शव तीन दिनपछि मंगलवार विद्यालयदेखि दुई किलोमिटर टाढा जङ्गलमा फेला परेको थियो ।
घटनलगत्तै शंकाका आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाले नुवाकोटको किस्पाङ गाउँपालिका वडा न.५ का १९ वर्षिया सपना तामाङलाई पक्राउ गरेकोमा उनले वालिकाले लगाएको गहना लुटेर घरमा आमालाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकार गरेको सुवेदीले बताउनुभयो । रसुवा अदालतले युवतीलाई हिरासतमा राखेर अनुसन्धान गर्न एक साताको म्याद दिएको छ ।

images
images

images
प्रकाशित मिति :मंसिर २६, २०७७ शुक्रवार - ०९:१५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology