Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीमा माओवादी केन्द्रलाई स्पष्ट बहुमत, एमाले र काँग्रेस कमजोर

आँबुखैरेनीमा माओवादी केन्द्रलाई स्पष्ट बहुमत, एमाले र काँग्रेस कमजोर

images
आँबुखैरेनीमा माओवादी केन्द्रलाई स्पष्ट बहुमत, एमाले र काँग्रेस कमजोर
images

आँबुखैरेनी, ४ जेठ । भर्खरै सकिएको स्थानीय तह निर्वाचनमा तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओवादी केन्द्रलाई स्पष्ट बहुमत आएको छ । नवनिर्वाचित जनप्रतिनिधिको आकँडालाई हेर्दा आँबुखैरेनी गाउँपालिकाको गाउँसभामा माओवादी केन्द्रलाई स्पष्ट बहुमत देखिएको छ भने कार्यपालिकामा पनि उसैको स्पष्ट बहुमत देखिएको छ । 

माओवादी केन्द्रले अध्यक्ष उपाध्यक्ष सहित ३ वडाध्यक्ष र १३ सदस्य जितेको छ जसअनुसार ३२ सदस्यीय गाउँसभामा १८ सदस्य रहेको छ भने बहुमत वडा र अध्यक्ष उपाध्यक्ष जितेकोले कार्यपालिकामा पनि उसैको बहुमत देखिएको छ । 

यस्तै अघिल्लो स्थानीय निर्वाचनमा बहुमत सदस्य जितेर ५ वर्ष गाउँसभा र कार्यपालिकामा बहुमतको सरकार चलाएको नेपाली काँग्रेस यसपटक २ वडाध्यक्ष र ६ वटा सदस्यमा चित्त बुझाउन परेको छ भने अघिल्लो स्थानीय निर्वाचनमा १३ सदस्य जितेको एमाले यसपटक झन कमजोर भएर १ वडाध्यक्ष र ४ सदस्यमा चित्त बुझाउन परेको छ ।

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ११:५३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology