Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनी २ को वडाध्यक्षमा भारी मतले २९ वर्षीय युवा आश गुरुङ निर्वाचित, माओवादी केन्द्रले प्यानलै जित्यो

आँबुखैरेनी २ को वडाध्यक्षमा भारी मतले २९ वर्षीय युवा आश गुरुङ निर्वाचित, माओवादी केन्द्रले प्यानलै जित्यो

images
आँबुखैरेनी २ को वडाध्यक्षमा भारी मतले २९ वर्षीय युवा आश गुरुङ निर्वाचित, माओवादी केन्द्रले प्यानलै जित्यो
images

आँबुखैरेनी, १ जेठ । तनहुँको आँबुखैरेनी २ को वडाध्यक्षमा २९ वर्षीय युवा उम्मेद्वार माओवादी केन्द्रका आश बहादुर गुरुङ निर्वाचित भएको छ । उनले निकटम प्रतिद्वन्द्वी काँग्रेसका सरोज पन्तलाई २३२ मतको फराकिलो अन्तरले हराउदै जित हासिल गरेको हो।

नवनिर्वाचित वडाध्यक्ष गुरुङले ६६७ मत पाएका थिए भने नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेद्वार सरोज पन्तले ४३५ मत पाएका थिए।

आँबुखैरेनी वडा नं. १ मा भारी मतका साथ प्यानलै जितेको माओवादी केन्द्रले वडा नं. २ मा पनि भारी मतका प्यानलै जितेको छ । 

यस्तै आँबुखैरेनी २ को महिला सदस्यमा माओवादी केन्द्रका टङ्ककुमारी सिंजाली मगरले ७०३, दलित महिला सदस्यमा सम्झना सुनारले ७११, खुल्ला सदस्यमा कमलबहादुर मगरले ६५८ र बासुदेव थापाले ६५५ मत प्राप्त गरी विजयी भएका छन् ।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - २०:४३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology