आँबुखैरेनी, ३१ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकामा चलिरहेको प्रारम्भिक मत गणनामा सुरुवात देखि नै अग्रता लिएको नेकपा माओवादी केन्द्र नेपाली काँग्रेससँगको मतान्तर बढाउदै लगेको छ ।
अहिलेसम्म १,००४ मत गन्दासम्म माओवादीले अध्यक्षमा काँग्रेसँग मतान्तर २६९ पु¥याएको छ । यस अघि ८०४ मत गन्दासम्म २०२ मतको मतान्तर थियो।
आँबुखैरेनीमा माओवादीले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत सबै पदमा अग्रता लिएको हो।
पछिल्लो अपडेट अनुसार अध्यक्षमा माओवादी केन्द्रका शुक्र चुमानले ४८०, काँग्रेसका गिर बहादुर थापाले २११, एमालेका ऋषि के.सी.ले १७२, राप्रपाका रेजिना श्रेष्ठले १७ र विवेकशिल साझाका उत्सव अधिकारीले २० मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका काजीकुमार गुरुङले ६ मत पाएका छन्।
उपाध्यक्षमा माओवादी केन्द्रका दुर्गा अर्यालले ३५८, काँग्रेसका पवित्रा गौलीले २००, एमालेका मीना अधिकारीले २९८, राप्रपाका इम बहादुर के.सी.ले २७, एकिकृत समाजवादीका अम्बिका श्रेष्ठले २ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका सोम माया खवासले ६ मत पाएका छन्।
वडाध्यक्षमा माओवादी केन्द्रका प्रेम बहादुर गुरुङले ४७०, काँग्रेसका किसान थापाले २२४, एमालेका खिल बहादुर रानाले १९० र राप्रपाका जनकराज सेंढाईले २५ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका भक्त बहादुर रानाले ५ मत पाएका छन्।