आँबुखैरेनी, ३१ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रारम्भिक मत गणनामा नेकपा माओवादी केन्द्रले निरन्तर अग्रता लिएको छ । २०० मत गन्दासम्म माओवादीले अध्यक्षमा दोब्बरले अग्रता बढाएको छ।
अध्यक्षमा माओवादी केन्द्रका शुक्र चुमानले १००, काँग्रेसका गिर बहादुर थापाले ४३, एमालेका ऋषि के.सी.ले ३०, राप्रपाका रेजिना श्रेष्ठले ७ र विवेकशिल साझाका उत्सव अधिकारीले १ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका काजीकुमार गुरुङले ० मत पाएका छन्।
उपाध्यक्षमा माओवादी केन्द्रका दुर्गा अर्यालले ७५, काँग्रेसका पवित्रा गौलीले ४४, एमालेका मीना अधिकारीले ५२, राप्रपाका इम बहादुर के.सी.ले ८ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका सोम माया खवासले ० मत पाएका छन्।
वडाध्यक्षमा माओवादी केन्द्रका प्रेम बहादुर गुरुङले ९५, काँग्रेसका किसान थापाले ४५, एमालेका खिल बहादुर रानाले ३० र राप्रपाका जनकराज सेंढाईले ९ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका भक्त बहादुर रानाले १ मत पाएका छन्।