चितवन, २३ मंसिर । जिल्ला प्रहरी कार्यालय चितवनले १५ दिनमा २८ वटा हराएको मोबाइल खोजतलास गरि मोबाईल धनीलाइ फिर्ता गरेका छन्। चितवन प्रहरीले विभिन्न मितिमा मोबाईल हराएको भनी सेवाग्राहीले उजुरी गरेकोमा १५ दिन भित्रमा २८ वटा मोबाइल खोजतलास गरि धनीलाइ फिर्ता गरेको हो। खोजतलासको क्रममा भेटिएका मोबाइलहरु आज प्रहरीले सम्बन्धित धनीलाइ बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरीले दिएको जानकारी अनुसार खोजतलासको क्रममा भेटिएका २८ वटा मोबाइलको मुल्य ६ लाख ४५ हजार रहेको छ।