सुसिला श्रेष्ठ, काठमाडौं, २९ वैशाख । पर्यटकिय नगरीको रूपमा परिचित पोखरा तुलनात्मक रूपमा सफा र स्वच्छ पनि छ । प्राकृतिक रूपमा समृद्ध पोखरा हेर्न देशविदेशबाट दैनिक हजारौं पर्यटक पुग्छन् । तर प्राकृतिक सुन्दरता जोगाउदै भौतिक विकासको बिषय भने पोखराका लागि चुनौतीपूर्ण रहेको छ । भोली हुने स्थानीय तहको चुनाबबाट चुनिने जनप्रतिनिधिले सुन्दर पोखरालाइ थप सुन्दर बनाउने अपेक्षा मतदाताको रहेको छ ।
अबको नेतृत्वले फेवातालको सरसफाइ र सुन्दरतालाइ प्राथमिकता दिवस् भन्ने त्यहाँका नागरिकको चाहना छ । हिजो आज फेवातालमा फोहार बढेको छ । ढलको पानी सिधै तालमा मिसाईन्छ । फोहोर भएको फेवातालमा ढुङ्गा चलाउँदा स्वास्थ्यमा समस्या आउने गरेको स्थानीयको गुनासो छ । रघुविर शाह फेवाकै किनारमा बसेर जुत्ता सिलाउने काम गर्नुहुन्छ । कोरोना पछि पर्यटक घटेका छन्, जसका कारण व्यापार पनि घटेको छ ।
त्यसमाथी सडक पेटीमा बसेर काम गर्ने उहाँ जस्तै व्यक्तिलाइ महानगरले बेलाबेलामा उठाउने गर्छ । अबको नेतृत्वले यसलाइ व्यवस्थित बनाइदिनुपर्ने उहाँ बताउनुहुन्छ । पोखरा र पर्यटन पर्यायवाची हुन । पोखराका धेरै नागरिक कुनै न कुनै हिसाबले पर्यटन व्यवसायसँग जोडिएका छन् । तर अझै पनि व्यवस्थित सडक, उपयुक्त ट्राफिक व्यवस्थापन, महंगी, पिउने पानी, फोहोर व्यवस्थापन जस्ता विषयको अभाव छ ।
यसले पर्यटनलाइ नै चुनौती थपेको भन्दै यता तर्फ धयान दिनुपर्ने पर्यटन व्यावसायी गिता कार्कीको भनाइ छ । ४ लाख १४ हजार १४१ जनसङ्ख्या रहेको पोखरा महानगर नेपालको सबै भन्दा ठूलो महानगर पनि हो ।
भोली हुने निर्वाचनमा दुई लाख ७७ हजार १२ जना मतदातासहभागी हुँदै छन् । १६७ जनप्रतिनिधिको लागि ८ सय ७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसले जितेपनि पोखरालाइ थप सुन्दर बनाउन गरि काम गर्नुपर्ने धारण स्थानीय असोक बरालको छ ।
पोखराका नागरिक सार्वजनिक सेवामा सहज पहुँच, सीप अनुसारको रोजगारी तथा सुकुम्बासी समस्या समाधानको पखाईमा रहेका छन् ।