Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको उपाध्यक्षमा बागी उम्मेद्वारी दिएकी काँग्रेस नेतृ चिजा श्रेष्ठद्वारा पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा

आँबुखैरेनीको उपाध्यक्षमा बागी उम्मेद्वारी दिएकी काँग्रेस नेतृ चिजा श्रेष्ठद्वारा पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा

इमान्दार र निष्ठावान कार्यकर्ताको मनोवल गिराउने काम भयो : नेतृ श्रेष्ठ

images

इच्छाकामना न्युज

१६, बैशाख २०७९
आँबुखैरेनीको उपाध्यक्षमा बागी उम्मेद्वारी दिएकी काँग्रेस नेतृ चिजा श्रेष्ठद्वारा पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा
images

आँबुखैरेनी, १६ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ घर भएकी नेपाली काँग्रेसका नेतृ चिजा श्रेष्ठले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएकी छिन्। नेपाली काँग्रेस तनहुँको पूर्व जिल्ला सदस्य समेत रहेकी उनले आज पार्टी उपसभापति देवकुमार श्रेष्ठ समक्ष पत्र मार्फत राजिनामा दिएकी हुन्।

राजिनामा पत्रमा यहि वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनमा पार्टीले टिकट वितरण गर्दा लामो समय देखि दुःख गरेका इमान्दार र निष्ठावान कार्यकर्ताहरुलाई पाखा लगाउदै आफु निकटका आर्थिक चलखेल गर्न सक्ने व्यक्तिहरुलाई पार्टीको मूल्य मान्यता विपरित टिकट वितरण गरेकोले इमान्दार र निष्ठावान कार्यकर्ताहरुको मनोवल गिर्ने काम भएको उल्लेख गरेकी छिन्। 

उनले भनेकी छिन्  ‘इमान्दार र निष्ठावान कार्यकर्ताहरुको मनोवल गिराउने काम भएकोले २८ वर्षदेखिको आफ्नो नेपाली काँग्रेसमा रहेको राजनैतिक जीवनबाट साधारण सदस्य समेत नरहने गरी अलग भएको छु’।

यस्तै आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा उनले दिएको स्वतन्त्र उम्मेद्वारी कायमै रहेको पनि बताएकी छिन्। 

letter.jpg

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - १९:१३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology